बेरुतमा इजरायली आक्रमण,  हिजबुल्लाहका शीर्ष कमाण्डर मारिए

एजेन्सी । लेबनानको राजधानी बेरुतमा शुक्रबार भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएका छन् ।

इजरायलले उच्च स्तरका प्यालेस्टिनी र हिजबुल्लाह समूहको बैठक भइरहेको भवनमा  मिसाइल प्रहार गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणका घटनामा हिजबुल्लाहका शीर्ष कमाण्डरसहित १५ जना मारिएका छन् । 

मारिनेमा हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम अकिल पनि रहेका बीबीसीले जनाएको छ । हिजबुल्लाहले पनि इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको छ । इजरायलले पनि उनी स्ट्राइकमा मारिएको जनाएको छ । 

यसअघि लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने तीन हजार जनाभन्दा धेरै घाइते भएका थिए ।
 

प्रतिक्रिया