जाडो छल्न वेशी झर्दै भेडीगोठ

म्याग्दी । म्याग्दीमा उच्च हिमाली क्षेत्रका पाटनमा चर्दै आएका भेडा विस्तारै वेशीतर्फ झार्न थालिएका छन् । 

मनसुन सकिएर दशैं नजिकिएको तथा चिसो बढ्ने भएकाले भेडीगोठहरु वेशीतर्फ झार्न थालेको हो । असार साउन र भदौ तीन महिना अग्ला पाटनहरुमा भेडा चराउदै हुर्काएका गोठालाहरु दशैंमा भेडा बिक्रीका लागि वेशी झर्न थालेका हुन् । 
 
म्याग्दीमा पुर्खाले सुरु गरेका भेडाबाख्राका गोठहरु नयाँ पुस्ताले छोड्ने क्रम बढेको छ । बैदेशिक रोजगारी लगायत अन्य पेशाले गर्दा पुर्खाले जिविकोपार्जनका लागि सुरु गरेको परम्परागत शैलीको घुम्ती गोठलाई नयाँ पुस्ताले निरन्तरता दिनेक्रम कम हुदै गएको छ । 

वर्षौदेखि पाटनमा भेडा चराउने गरेका गोठालाहरु बुकीफुल पहेँलो हुन थाल्छ, त्यसपछि बिस्तारै चिसो बढ्ने भएकाले वेशी झर्ने गर्दछन । उच्च पाटनबाट वेशी झर्न थालेका भेडाहरु मध्ये कति त दशैँमा बिक्री हुन्छन । बाँकी वेशीमै हुर्काएर पुन अर्को मनसुनमा पाटनमा लैजाने गरिन्छ ।

प्रतिक्रिया