वास्तुविद् साह बेलायतको प्रतिष्ठित अवार्डबाट सम्मानित


काठमाडौं । वास्तुविद् डा. कैलाश प्रसाद साह बेलायतको “ग्लोबल बुक अफ एक्सिलेन्स“अवार्डबाट सम्मानित भएका छन् । 

नेपालमा मात्रै नभएर विश्वभर ज्योतिष, वास्तु सेवा, रत्न, रुद्राक्ष,आध्यात्मिक उपचार लगायतकोे क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा साहलाई प्रतिष्ठित “ग्लोबल बुक अफ एक्सिलेन्स” अवार्डबाट पुरस्कृत गरिएको हो । 

पुरस्कारको साथ, साहलाई बेलायतकै “वर्ल्ड बुक अफ रेकर्ड्स“ वाट उनले आध्यात्मिक र ज्योतिषीय विज्ञानमा पुरयाएको योगदानलाई कदर गर्दै  सम्मान पनि गरिएको छ । साह वास्तु विज्ञानमा खोज तथा अनुसन्धानमा सक्रिय छन् । उनका बिभिन्न पुस्तकहरु पनि प्रकाशित छन् । 

प्रतिक्रिया