संविधान कार्यान्वयनको समीक्षा हुनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको मिश्रित समीक्षा गर्नुपर्ने बताएका छन् । 

संविधान दिवसका सन्दर्भमा कुराकानी गर्दै उनले संविधान जारी भएको दश वर्ष हुन लागेकाले सवल र कमजोर पक्षको समीक्षासँगै संसोधन गर्नुपर्ने बताएका हुन् । 

संविधानमा कमा, फुलस्टप केही पनि परिवर्तन गर्नुहुन्न भन्नेखालको जडसूत्रिय मानसिकता छाडेर लचिलो भएर यसमा आवश्यक रुपान्तरण गरेर संविधानको दीर्घजीवनको लागि कार्य गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ । 

महामन्त्री शर्माले संविधानको कार्यान्वयन पूर्णरुपमा गर्नका लागि संविधान आफैँले परिकल्पना र निर्देशित गरेको केही कानूनहरु निर्माण, प्रदेश र निजामति प्रशासनलाई शक्तिशाली बनाउने सन्दर्भमा दलहरुले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको स्वीकार समेत गरे । 

संवैधानिक राष्ट्रपति र संसदबाट निर्वाचित हुने प्रधानमन्त्री र प्रदेशको व्यवस्था उपयुक्त रहेको उनको भनाइ छ । तर, प्रधानमन्त्री पाँच वर्ष सम्म स्थायी रहनसक्ने पद्धती के हुनसक्छ भनेर खोजी गर्नुपर्नेमा उनको जोड छ । संविधान परिमार्जन गरेर सुन्दर बनाएपनि ढंग बदलिएन भने काम गर्न नसक्ने कुरा दलहरुले बुझनुपर्ने समेत महामन्त्री शर्माले बताए । 
 

प्रतिक्रिया