सहकारी रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताएका छन् ।
बुधबार गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेकाले प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही अघि बढने बताएका हुन् ।
मन्त्री सिंहले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषदमा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने पनि जानकारी दिए ।
सो अवसरमा उनले गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसहित पुष्प गुच्छासमेत अर्पण गरेका थिए । नेपालमा प्रजातन्त्र स्थापना गर्न र त्यसपछि पनि प्रजातन्त्रको संरक्षणका लागि नेतृत्वदायी भूमिका गणेशमानले गरेको उनले बताए ।
प्रतिक्रिया