दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर नागरिकलाई विश्वास दिलाउन सक्नुपर्छ: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताएका छन् ।

कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिएका हुन् । मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन उपभोग्य बजारमा कर्पोरेसनले गतिलो हस्तक्षेप गर्नुपर्ने बताए । 

मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशन समेत दिए । कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिृकत उर्मिला श्रेष्ठले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको बताए । कार्यक्रममा एक लाख राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यसवर्षका लागि मानव कल्याण समाज काभ्रेलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया