रा.स्व.पा.को राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागि हुने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रिय भेलामार्फत आर्थिक पारदर्शिता राख्ने निर्णय गर्ने भएको छ। असोज १ र २ गते हुने राष्ट्रिय भेलामा आर्थिक पारदर्शिता सम्बन्धी प्रतिवेदन लैजाने निर्णय रास्वपाले गरेको हो । पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीले अपारदर्शी र ठुलो चन्दा नलिने जस्ता विषय दस्तावेजमै समेटने बताए। 
रास्वपाले कर कार्यालयमा दर्ता भएको पहिलो पार्टी भएको दाबी समेत गरेको छ । रास्वपाको भेला असोज १ र २ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। 
भेलामा १५ सय जति प्रतिनिधिको सहभागि हुनेछन। करिब ४ सय पालिकामा पार्टीको संरचना बनेको र २ हजार भन्दा बढी वडाहरुमा संरचना बनेको दाबी रास्वपाको छ। राष्ट्रिय भेलाको तयारीका लागि केन्द्रीय सदस्यले नेतृत्व गर्ने गरी १५ वटा उपसमिति गठन भएका छन। 
 

प्रतिक्रिया