राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । 

काठमाडौँमा भन्सार विभागको कार्यक्रममा उनले  राजस्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढि उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएका हुन । मन्त्री पौडेलले राजस्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरे ।

मन्त्री पौडेलले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दैै उनले राजस्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताए ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योलता सिर्जना भएको बताए । 

अध्यक्ष अग्रवालले आर्थिक वर्ष २०८१/०८२ को लागि पारित आर्थिक ऐनमा आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योलता सिर्जना भएको बताएका हुन् । उनले डब्लुटिओ लगायत अन्य प्रचलित अभ्यासअनुसार कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए । उनले सन्दर्भ पुस्तिकालाई हटाउन समेत माग गरे । 
 

प्रतिक्रिया