बालुवाटारमा ओली, प्रचण्ड र देउवाबिच भेटवार्ता

काठमाडौं । बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता र छलफल चलेको छ ।

सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ। त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन्।
संवैधानिक परिषद्को बैठकसम्बन्धी परामर्श र समसामयिक राजनीतिक विषयमा नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया