झापामा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले अभियान चलाउने

झापा । झापा ट्राफिकले ट्राफिक व्यवस्थापनर दुर्घटना न्यूनीकरण अभियान चलाउने भएको छ । 

बढ्दो सवारी चापका कारण जिल्लाका मुख्य सडक र बजारमा सवारी व्यवस्थापन प्रभावित भएपछि ट्राफिकले अभियान नै चलाउने बताएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित कार्यक्रमले तिब्रता पाउने बताएका छन् । 
 
आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले बताए । 

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने कार्यालयको भनाइ छ ।  ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि स्थानीय तह लगायतसँग समेत समन्वय गर्ने ट्राफिक प्रहरीले जनाएको छ । 

प्रतिक्रिया