व्यवसायी राहत कोषमा युवराज कार्कीको सहयोग

झापा । झापाको बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा संघका कार्य समिति सदस्य युवराज कार्कीले सहयोग गरेका छन् । 

उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक संघका अध्यक्ष राजु न्यौपानेलाई हस्तानतरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै कार्कीले आफ्नो जन्मोत्सवमा गरिने फजुल खर्चलाई कम गर्दै सामाजिक कार्यमा लगानी गर्न अरुलाई समेत प्रोत्साहित गरेको बताए । 

अप्ठ्यारोमा परेका व्यवसायीलाई कोषको ब्याजबाट उपलब्ध गराइने संघले जनाएको छ । आपत विपदमा परेका व्यवसायीहरुलाई सहयोग पुर्‍याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो । 

प्रतिक्रिया