पर्वतमा फर्जि विद्यार्थीको नाममा दुरुपयोग भएको छात्रवृद्धि रकम फिर्ता हुन सकेन

पर्वत । पर्वतको एक विद्यालयमा तीन वर्ष अघि  फर्जि विद्यार्थीको विवरण भरेर छात्रवृद्धि दुरुपयोग भएपनि सो रकम फिर्ता हुन सकेको छैन । 

शैक्षिकशत्र २०७७ मा फर्जी विद्यार्थीको नाममा खर्च भएको रकम फलेवास नगरपालिका तीनको जनहसयोगी माविबाट फिर्ता हुन नसकेको हो । नगरले तीन पटकसम्मको अनुगमनमा गर्दा  विद्यार्थी संख्या पर्याप्त नदेखिएपछि नगर शिक्षा शाखाले रकम फिर्ता गर्न भनेको छ । 

नगर शिक्षा शाखाले अनुगमन गरेर तत्काल बढी भुक्तानी फिर्ता गर्ने निर्णय भएपनि तीन वर्षसम्म कार्यान्वयन हुन नसकेको हो । ६५ जना विद्यार्थी  रहेको विद्यालयले नगरपालिकामा एक सय ४२ जनाको विवरण उपलब्ध गराएर छात्रबृत्ति, पाठ्य पुस्तक खाजा, सेनेटरी प्याड  स्वास्थ्य सामाग्री लगायतको रकम हिनामिना गरेको आरोप छ । 

विद्यालयले फर्जि विद्यार्थीको नाममा ४२ हजार भन्दा बढी भुक्तानी लिएर  दुरुपयोग गरेको नगर शिक्षा शाखाको दाबी छ ।
 

प्रतिक्रिया