फिफा वरीयतामा एक स्थान तल झर्यो नेपाल

फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा १७४औं रहेको नेपाल १७५औं स्थानमा झरेको छ ।  दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारत १००औं स्थानमा छ । आमन्त्रित टिमको रुपमा साफ खेलिरहेको लेबनान १०२औं स्थानमा झरेको छ भने कुवेत १४१औं स्थानमा उक्लेको छ ।यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत छ । भुटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको बंगलादेश १९२औं स्थानमा यथावत छ । पाकिस्तान २०१औं स्थानमा झरेको छ । फिफा निलम्बनमा रहेको श्रीलंका २०७औं स्थानमा छ । एसियाली राष्ट्रमध्ये जापान सबैभन्दा माथि २०औं स्थानमा रहँदा इरान २२औं स्थानमा छ । अष्ट्रेलिया २७औं र दक्षिण कोरिया २८औं स्थानमा छ । विश्व वरीयतामा विश्व च्याम्पियन अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रोमा छन् ।

प्रतिक्रिया