प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस—एमालेबीच कुनै मतभेद छैनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस—एमालेबीच कुनै मतभेद नभएको बताएका छन् । 

बुधबार काठमाडौँमा नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सभापति देउवाले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भएपनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको बताए । यसबारेमा कुनै चिन्ता नलिईकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताए । उनले कर्मचारी भइसकेपछि सरकारको निर्णय मान्नुपर्ने बताए । सरकारको निर्णय लागू गर्नु कर्मचारीको कर्तव्य भएको  समेत बताए । 

 

प्रतिक्रिया