१९ औँ एशियाली खेलकुदका लागि नेपाली खेलाडीहरुले दिए तिव्रता

नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड शुरु हुँदैछ । कोभिड महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको १९ औं एसियाड यस पटक भने निर्धारित समयमा नै हुने आशामा एशियाली राष्ट्रका खेलाडीहरू छन् । यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर, चीनमा महामारी पैmलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एशियाली खेलकुद प्रभावित हुन पुग्यो । हाङझाउ एसियाड आउन अब ८७ दिन मात्र बाँकी छ । आयोजना नजिकिँदै गर्दा नेपाली खेलाडीहरूले आफ्नो तयारी तिब्र बनाइरहेका छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले आयोजना नजिकिँदै गर्दा खेलाडीको तयारीमा तिब्रता दिइएको बताए  । भारोत्तोलनका लागि वैदेशिक प्रशिक्षणको योजना समेत बनिरहेको छ । 
१६औं एसियाडमा कांस्य पदक विजेतासमेत रहेका बक्सर दीपक महर्जनले नेपाली बक्सिङ टोलीले ढेड महिनादेखि राम्रो तयारी गरिरहेको बताए । भारतीय प्रशिक्षकको नेतृत्वमा खेलाडीहरूले प्रशिक्षण गरिरहेको तयारी प्रभावकारी भइरहेको उनको भनाइ छ । 
पदक सम्भावनाका हिसावले बक्सिङलाई सरकारले पहिलो प्राथमिकतामा राखेकाले आफूहरूले पनि सोही अनुरूप मेहनत गरिरहेको खेलाडी बताउछन । यस पटक नेपालको तर्पmबाट कुल ५० जना प्रशिक्षकको प्रशिक्षणमा २३३ खेलाडीहरू १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलमध्ये गल्फ वैदेशिक प्रशिक्षण अन्तर्गत भारतको बैंग्लोरमा प्रशिक्षण गरिरहेको छ । अन्य केही खेल पनि वैदेशिक १९ औं एशियाली खेलकुद सचिवालयका सचिव प्रचण्ड शर्माले आगामी साउन १ देखि असोज ३ गतेसम्म खेलाडीलाई क्लोज क्याम्पमा राख्ने बताए ।  राष्ट्रिय खेलकुद परिषद् राखेपले विगतका प्रदर्शन र नतिजाका आधारमा तीन खेल तेक्वान्दो, कराते र बक्सिङलाई पहिलो प्राथमिकतामा राखेर तयारी गराइरहेको छ । एशियाली खेलकुदमा यी तीन खेलले नै नेपाललाई पदक दिलाउँदै आइरहेका छन् । 


 

प्रतिक्रिया