एसीसी महिला इमर्जिङ टिम्स एसिया कप आजवाट सुरु

नेपालले मंगलबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने

asianwomenemerzing

नेपाल सम्मलित एसीसी महिला इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आजदेखि सुरु भएको छ । आज समूह ‘बी’ अन्तर्गत श्रीलंकाको ‘ए’ टिम र यूएई बीच खेल हुँदैछ । दोस्रो खेलमा बंगलादेशको ‘ए’ टिम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । नेपालले मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । थाइल्याण्डले भिसा प्रक्रिया नमिलेको भन्दै नाम फिर्ता लिएपछि नेपालले सहभागिताको मौका पाएको हो । नेपाल रहेको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र घरेलु टोली हङकङ छन् । रुविना क्षेत्री कप्तानीमा रहेको नेपाली टोली अघिल्लो साता मात्रै मलेसियाको भ्रमणवाट फर्केको हो । मलेसियामा भएको पाँच खेलको टी–ट्वान्टी सिरिजमा ३ – २ को जित दर्ता गर्दै पहिलो पटक अन्तर्राष्ट्रिय ट्रफी जितेको थियो ।

प्रतिक्रिया