म्यानचेष्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

म्यानचेष्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

manchestercity

च्याम्पियन्स लिग फुटबलको उपाधि इंलिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । गएराति टर्कीको इस्तानबुलको ओलम्पिक रंगशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका लागि रोड्रीले निर्णायक गोल गरे । यो सँगै सिटीले एकै सिजनमा मूख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गर्ने दुलर्भ इतिहास पनि बनाएको छ । सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

प्रतिक्रिया