कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानद्वारा बिभिन्न स्रष्टा सम्मानित तथा पुरस्कृत
काठमाडौं । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको ९६औं जन्मजयन्ती तथा ३१ औं स्मृति सभाको अवसर पारेर विभिन्न स्रष्टा तथा साहित्यकारलाई शुक्रबार पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।
स्वर्गीय कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानद्वारा काठमामाडौंमा आयोजित ३१ औं स्मृति सभामा उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । संस्कृति एवं अनुुसनधानतर्फ कुलचन्द्र श्रष्टा पुरस्कार २०८० बाट प्रा.डा. तीर्थप्रसाद मिश्र र साहित्यतर्फ कुलचन्द्र श्रष्टा पुरस्कार २०८१ बाट विष्णुबिभू घिमिरेलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । त्यसैगरी जीवनचन्द्र कोइराला स्रष्टा पुरस्कार २०८१ हरि मञ्जुश्रीलाई प्रदान गरिएको छ । यस्तै कुलचन्द्र–कमलादेवी समाजसेवा सम्मान २०८० बाट निःसहाय सेवा सदन र कुलचन्द्र–कमलादेवी समाजसेवा सम्मान २०८१ बाट नवराज सुवेदीलाई सम्मान गरिएको छ ।
कुलचन्द्र कोइराला नेपालको राजनीति,साहित्य र सस्कृति क्षेत्रमा परिचित थिए । उनी बिसं. २००७ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सक्रिय भएर लागेका थिए । कोइरालाका संस्कृति,साहित्य गरेर एक दर्जन बढी पुस्तक प्रकाशित छन् । कार्यक्रममा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे लगायत बिभिन्न व्यक्तित्वहरुले स्वर्गीय कुलचन्द्र कोइरालाको योगदानमाथि चर्चा गरेका थिए ।
प्रतिक्रिया