अझै ७ दिन छ, फाइल खोल्न कसले रोकेको छ ? ज्ञानेन्द्र शाही

लडाकु शिविर घोटालाको फाइल खोल्न चुनौती

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिबी राई पक्राउ गरेर ल्याउन आग्रह गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले जिबी राईलाई पक्राउ गरेर ल्याए गृहमन्त्रीलाई संसदमै फूलमालाले स्वागत गर्ने बताए।बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई ७२ घन्टामा पत्ता लगाउँछु भनेर लामिछानेले भनेको र सबैले पत्याएर भोट हाले पनि सरकारमा बसेको १२४ दिनसम्म हत्यारा पत्ता नलगाएको शाहीले बताए।

जनता पूराना दलका प्रताडित भएर नयाँलाई देशका लागि निर्वाचित गरेको भन्दै पद र प्रतिष्ठाका लागि काम नगर्न पनि उनले आग्रह गरे ।

‘मलाई मेरा गृहमन्त्रीज्यूबाट के माग्नु छैन, जिबी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा हामी फूलमालाले स्वागत गर्छौं,’ उनले भने, ‘अरू केही गर्नु पर्दैन।’ 
फाइल खोल्न लागेपछि सरकार ढालेको गृहमन्त्री लामिछानेले अभिव्यक्ति दिएको भन्दै उनले भने, ‘अझै ७ दिन छ। फाइल खोलौं। यहीबाट पक्राउ गरेर जेल हालौं, हामी साथ र समर्थन गर्छौं। खोल्नुस् न फाइल कसले रोकेको छ ? आज पनि सरकार छ। जनतालाई कति भ्रममा पार्ने हो?’

आफ्नो पद धरापमा पर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जस्तै गरी गृहमन्त्रीको अभिव्यक्ति पनि आउन थालेको उनको भनाइ छ ।

उनले भने, ‘एकजना सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा । उहाँ आफू पदमा हुँदा सबै सहि भन्नुहुन्छ । जब पदबाट जान लाग्नुभयो तब गणतन्त्र खतरामा पर्‍यो धर्म निरपेक्षमता खतरामा पर्‍यो भन्नुहुन्छ । अहिले गृहमन्त्री ज्यूको भाका त्यही भएको छ । हुन त सरकारमा पनि सँगै हुनुहुन्छ । फाइल खोल्ने थेँ त्यही भएर सरकार ढाले भन्नुहुन्छ । अझै साथ दिन्छ फाइल खोलौँ झ्यामकी झ्यामा यहाँबाट पक्राउ गरेर जेल हाल्नुस् हामी साथ दिन्छौँ । खोल्नुहोस् न फाइल कसले रोकेको छ ।’

 

 

 

 

प्रतिक्रिया

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिब…

अब हुने सबै चुनावमा माओवादीले  एक्लै प्रतिस्पर्धा गर्ने  अध्यक्ष दाहालको उद्घोष

अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ:  महा मन्त्री थापा

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्…

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी गरेको इजरायली दाबी

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी …

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री गुरूङ

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री ग…

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन