शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो

२ जना बेपत्ता, १८ जना घाइते

शुक्रवार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी आज दिउसोसम्म देशभर १६ जनाको मृत्यु भएको  छ । बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अरू दुई जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाण्डौमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा तीन जना गरी १६ जनाको निधन भएको हो । बाढी र पहिरोमा परी दोलखा र स्याङ्जामा एक÷एक जना बेपत्ता भएका छन् । यस्तै अहिलेसम्म तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुङ्गामा दुई, काठमाण्डौमा तीन, चितवनमा एक र स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका छन । भारी वर्षाका कारण आजपनि देशभर जनजीवन प्रभावित भएको छ । शुक्रवार रातिदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभरको ४४ वटा राष्ट्रिय सडकमा क्षति पुगेको छ । तीमध्ये अहिले २७ वटा सडक अवरुद्ध छन् । बाढी र पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोले क्षति पुगेका ४४ मध्ये १७ वटा सडक एकतर्फी सञ्चालनमा आएका छन् । अवरुद्ध बनेकामध्ये केही सडक सञ्चालन गर्न चार÷पाँच दिन नै लाग्ने प्रहरीले जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभामा दक्षिण कोशी र कोशी राजमार्ग अवरुद्ध छन् । त्यस्तै पहिरोले सुनसरीको चतरा–बराह क्षेत्रको भित्री सडक अवरुद्ध छ । पहिरोले बाग्मती प्रदेशका ६ वटा राजमार्गमा क्षति पु¥याएको छ । रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत राजमार्ग खण्ड पूर्णरूपमा अवरुद्ध छ । त्यस्तै चितवनमा पृथ्वी राजमार्ग, मकवानपुरमा भीमफेदी–काठमाण्डौ–हेटौँडा, भीमफेदी–काठमाण्डौ र कान्ति लोकपथ तथा काभ्रेमा बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । गण्डकी प्रदेशमा नौ वटा राजमार्गमा बाढी र पहिरोले क्षति पुगेको छ । बाढीले मनाङमा चामे–बेसीशहर, पहिरोले म्याग्दीमा बेनी–दरबाङ र बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध छन् । त्यस्तै स्याङ्जामा सिद्धार्थ राजमार्ग, नवलपरासीमा कालीगण्डकी करिडोर, बाग्लुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ । पर्वतमा मालढुङ्गा–बेनी सडक, स्याङ्जामा सिद्धार्थ राजमार्ग र तनहुँमा पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन् । यसैगरी लुम्बिनीमा १७, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच वटा सडकमा बाढी र पहिरोले क्षति पुगेको छ ।। 

प्रतिक्रिया

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिब…

अब हुने सबै चुनावमा माओवादीले  एक्लै प्रतिस्पर्धा गर्ने  अध्यक्ष दाहालको उद्घोष

अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ:  महा मन्त्री थापा

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्…

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी गरेको इजरायली दाबी

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी …

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री गुरूङ

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री ग…

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन