बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह

उद्दार कार्यलाई प्राथमिकतामा राख्न माग

प्रतिनिधि सभा सदस्यहरुले अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै तत्काल राहत र उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले देशभर अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै अविलम्व राहत र उद्दारमा ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेसका सांसद, शंकर भण्डारीले देशको ७७ वटै जिल्लामा हुने दुर्घटनालाई मध्यनजर गर्दै उद्दार कार्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए । 
नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बाढी, पहिरो पीडितलाई सुरक्षित आवास र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । 
रास्वपा कि प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्कीले विपद् प्रतिकार्य योजना बनाउने र अत्याधुनिक पूर्वचेतना प्रणाली स्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन । 
माओवादी केन्द्र कि सांसद छिरिङल्हामु लामा तामाङले कर्णाली राजमार्ग अवरुद्ध हुँदा बिरामीहरुलाई असर पारेको भन्दै वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरिन ।  
जनमत पार्टीका सांसद अब्दुल खानले विकासका कार्यहरु दैवीप्रकोपमैत्री नहुँदा समस्या परिरहेको भन्दै विकासका कामहरु दैवीप्रकोपमैत्री बनाउनुपर्ने बताइन ।
नेकपा एमालेका सांसद  सुर्यबहादुर थापा क्षेत्रीले सरकारले जनतालाई राहत तथा सेवा, सुविधा दिन नसकेको र प्रकोपको पीडा महशुस गर्न नसकेको बताए । 
कांग्रेस सांसद राजु थापाले बाढी, पहिरोबाट बच्नका लागि पहाडमा एकीकृत बस्तीको अवधारणासहितको कार्यक्रम ल्याउनुपर्ने बताए । सांसदहरुले प्रधानमन्त्री दाहाल सत्ता टिकाउने ध्यानमा लागेकाले दैवीप्रकोपको काममा ध्यान पु¥याउन नसकेको आरोप समेत लगाए । 
 

प्रतिक्रिया

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिब…

अब हुने सबै चुनावमा माओवादीले  एक्लै प्रतिस्पर्धा गर्ने  अध्यक्ष दाहालको उद्घोष

अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ:  महा मन्त्री थापा

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्…

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी गरेको इजरायली दाबी

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी …

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री गुरूङ

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री ग…

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन