लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाको बैठकबाट पारित भएको छ । आजको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार गरी पारित गरेको हो । सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रश्तुत गर्दै राष्ट्रिय निकुञ्ज ऐन, वन ऐन लगायतका धेरै ऐनहरु संशोधन गर्न आवश्यक रहेकाले सरकारले विधयेक अघि बढाएको बताइन । 
मन्त्री शर्माले विधेयकहरु पास गरेर जानुपर्ने अहिलेको बाध्यता भएको समेत उल्लेख गरिन । विधेयकमाथि सांसदहरुले दफावार छलफल समेत गरेका थिए । छलफलपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाको बैठकबाट सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् । यसैबीच, प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबल भएको छ । आजको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गरेका हुन । विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने बाटो खुलेको छ । प्रतिनिधि सभाको अर्को बैठक असार २४ गते सोमवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।


 
 

प्रतिक्रिया

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिब…

अब हुने सबै चुनावमा माओवादीले  एक्लै प्रतिस्पर्धा गर्ने  अध्यक्ष दाहालको उद्घोष

अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ:  महा मन्त्री थापा

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्…

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी गरेको इजरायली दाबी

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी …

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री गुरूङ

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री ग…

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन