युट्युबे, अनलाइन बुद्धिविलास, विश्वविद्यालय र मरेको कृयटिभिटी !!

आज संसारले महसुस गरेको यथार्थ के हो भने बुद्धि विलास गरिएका भरमा आएको लेख, रचना, किताब, आख्यान वा व्याख्यान अध्ययन गरी तपाईँको दिमागले बनाउने अवधारणा तपाईँको दिमागका लागि प्रदूषित फोहर हो । भारतीय सिरियल क्राइम पेट्रोल वा भूतको मुभीले दिमागमा थपिदिने नकारात्मकताको हैसियतकै नकारात्मकता बुद्धि विलासका भरमा आएका लेख, रचना र पुस्तक वा ग्रन्थले व्यक्तिमा थपिदिने हुँदा तिनीहरू आजको विश्वविद्यालय जस्तै एक व्यक्तिमा जन्मजात रहेको रचनात्मकता नष्ट गर्न उद्यत रहन्छ ।

रचनात्मकता, वृद्धि र परिवर्तनका सिद्धान्तलाई एकीकृत गर्ने रूपान्तरणको प्राकृतिक प्रक्रियाको सिद्धान्त प्रतिपादन गर्ने जर्ज ल्यान्डले सन् १९६८ मा तीनदेखि पाँच वर्षसम्मका हेड स्टार्ट कार्यक्रममा भर्ना भएका एक हजार ६०० बालबालिकामा रचनात्मकताको परीक्षण गरे ।

नासाले आफ्नो नयाँ इनोभेटिब इन्जिनियर र वैज्ञानिक छनोट गर्दा उपयोग गर्ने क्रिएटिभिटीको परीक्षण गर्ने विधि प्रयोग गरेर जर्ज ल्यान्डले बच्चाहरूको रचनात्मकताको परीक्षण गरेका थिए । उनले तिनै बच्चा १० वर्ष र १५ वर्षको उमेरमा पुग्दा उनीहरूमा पुनः रचनात्मकताको परीक्षण गरेका थिए । त्यसको परिणाम अचम्मलाग्दो आयो ।

पाँच वर्षको उमेरमा परीक्षणको नतिजा : ९८ प्रतिशत
१० वर्ष उमेरका बिचको परीक्षणको परिणाम : ३० प्रतिशत
१५ वर्ष उमेरका बिचको परीक्षणको परिणाम : १२ प्रतिशत

त्यसपछि विश्वविद्यालयको स्तरसम्म पुगेर दुई लाख ८० हजार वयस्कमा समान परीक्षण गरियो ।वयस्कको परीक्षणको नतिजा दुई प्रतिशत मात्र थियो ।

यो परीक्षण र यसपछि विश्वविद्यालयको स्तरसम्म पुगेर गरिएका धेरै समकक्षी मापनले हाम्रा स्कुल र विश्वविद्यालयमा शिक्षक वा प्रोफेसरहरूले हाम्रा बच्चाहरूमा रचनात्मकता थपिरहेका छैनन् । उल्टो त्यस्ता संरचना हाम्रा बच्चाहरूको रचनात्मकताको हत्या गर्ने स्थल बनिरहेको यथार्थ प्रमाणसहित बाहिरिएको हो ।

जब हामी रचनात्मकताको कुरा गर्छौँ तब हामीले हाम्रो गुरुकुल शिक्षाको शक्तिको सदुपयोग गर्न सिक्नुपर्छ ।जब हामी स्वअध्ययनबाट केही रचनात्मक हुन चाहन्छौँ भने बुद्धि विलासका भरमा आएको सङ्गीत, साहित्य र गीत वा कविताबाहेकका लेख, रचना, किताब, आख्यान वा व्याख्यान आदिबाट आफूलाई पृथक् राख्न जरुरी हुन्छ । वेद र विज्ञानमा आधारित व्यावहारिक विज्ञानका विषयवस्तुतर्फ ध्यान दिनु जरुरी हुनेछ ।

नेपालको सन्दर्भमा एउटा उदाहरण यहाँ सान्दर्भिक हुने छ। हिजोका हाम्रा ठुला पत्रकार भनिनेहरू, टिबीका प्रस्तोता भनिनेहरू आफू उक्त पेसामा रहँदा युट्युवरहरु लाई युट्युबे भन्दै अनलाइन पोर्टल भनेको र  युट्युब असक्षम मिडिया कर्मीको लागि बनेको सस्तो स्थान भन्दथे। आज ती सबै सबै आफै युट्युबे बनेका छन्। 

हिजो फेस बुक, टुईटर लिंकडेन जस्ता पोर्टलमा अभिव्यक्ति दिने व्यक्ति हरूलाई भड्किएको आत्मा समेत भन्न पछि नपर्ने चर्चित अनलाइनहरूको हैसियत आज सामाजिक सञ्जालमा हुने पोस्टको हैसियतमा समेत छैनन्।

बुद्धि विलासका भरमा बनेका सूचना, विश्वविद्यालयका सैद्धान्तिक ज्ञानको आधारमा सम्बन्धित विषय वस्तुको अनुभव नभएकाहरूको सिर्जना आदि वाट तिनीहरू भरिएका भेटिन्छन्। 

आफ्नो जीवन भर राज्यको संयन्त्रमा रहेर लगभग फेलिएर (Failiar) राज्य दिएर रिटायर्ड भएका पत्रु बौद्धिकताको सल्लाह सुझावले अखवारी पेज र धेरै टेलिभिजनका कार्यक्रमहरू प्राय: भरिएका हुन्छन्। 

जो लुटको धन पचाएर समाजमा वरिष्ठ, गन्ने मान्ने हुन सकिने कलामा निपुण छन् त्यो कला वारेको तिनीहरूको विशिष्टता पस्कन ती मिडिया माध्यम असफल छन्। जुन क्षेत्र उनीहरूको विज्ञता हैन अनभिज्ञतामा पर्दछ त्यसको "मात्र अनुमानका विचार" पस्कने, उजागर गर्ने माध्यमको रूपमा थिलथिलो भएको छ मिडिया।

ती सूचनाहरूले मुलुकमा वितृष्णा फैलाएको छ। समाजमा नकारात्मकताको विष छरिदिएको छ। त्यो अवस्थामा इनोभेसनको कुरा तिनैमा भएको देख्दा संसार हाँस्ने गर्दछ। यसको मतलब के हो भने यिनीहरूको भ्यालु एड अव सकियो। नव नयाँ सुवर्ण युगको सुरुवात तर्फ हामी अघि बढ्दै छौ।

त्यसैले हाम्रा पत्रिकाहरू, युट्युबहरू आदिमा प्राय: आउने बुद्धि विलासका भरमा बनेका सूचना र विश्वविद्यालयका सैद्धान्तिक ज्ञान हाम्रो समाजमा हाम्रा बच्चाहरूमा प्राकृतिक रूपमै रहेको कृयटिभिटी मार्न उद्धत छ।

आज हाम्रो समाजलाई त्यसको उपचारको सख्त जरुरत छ। हालका कथित सूचना हरूमा पटक्कै वास्ता नगर्ने, त्यसलाई नपत्याउने र त्यसका गार्बेज बढेर समय र मनोविज्ञान खराब हुन नदिने नयाँ पुस्ताको मुलुकमा जुन उदय भएको छ त्यसले अव नेपाल बनाउने छ।मात्र समयको कुरा हो।

प्रतिक्रिया

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिब…

अब हुने सबै चुनावमा माओवादीले  एक्लै प्रतिस्पर्धा गर्ने  अध्यक्ष दाहालको उद्घोष

अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ:  महा मन्त्री थापा

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्…

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी गरेको इजरायली दाबी

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी …

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री गुरूङ

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री ग…

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन