अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छ्न ।सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ। काालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिब…

अब हुने सबै चुनावमा माओवादीले  एक्लै प्रतिस्पर्धा गर्ने  अध्यक्ष दाहालको उद्घोष

अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ:  महा मन्त्री थापा

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्…

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी गरेको इजरायली दाबी

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी …

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री गुरूङ

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री ग…

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन