भारी वर्षाले जनजीवन प्रभावित

काठमाडौ । काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा भारी वर्षा भएको छ । शुक्रवार रातिदेखि नै परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाका वागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते लगायतका खोला तथा नदीमा बाढी आएको छ ।कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका कारण जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् । अविरल वर्षापछि गएको पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका–३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ । स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका–६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाका नदी किनारको सडकबाट यात्रा गर्ने, बस्नेहरूलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको छ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली भई वर्षा भइरहेको हो । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।

प्रतिक्रिया

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिब…

अब हुने सबै चुनावमा माओवादीले  एक्लै प्रतिस्पर्धा गर्ने  अध्यक्ष दाहालको उद्घोष

अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ:  महा मन्त्री थापा

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्…

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी गरेको इजरायली दाबी

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी …

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री गुरूङ

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री ग…

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन