भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न एकीकृत समाजवादीको आह्वान

नेकपा एकीकृत समाजवादीले पार्टी पक्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्वान गरेको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले समसामयिक १९ बुँदे प्रस्ताव पारित गर्दै पार्टी पङ्क्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्नवान गरेको हो ।  बृहत् वामपन्थी एकता र सहकार्यका लागि आह्नवान गरेको सो पार्टीले नेपाली कांग्रेस र एमालेको पछिल्लो समीकरणलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ । यसैगरी महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । दशौं राष्ट्रिय महाधिवेशनको अन्तिम दिन शुक्रबार अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । त्यसपछि महाधिवेशन हलले उनको प्रस्ताव पास गरेको हो । तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने खनालले जानकारी गराए । ९३ जना नै केन्द्रिय सदस्यहरुले शुक्रबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  सबै केन्द्रिय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए । २९९ सदस्यीय केन्द्रिय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताएको छ । यसअघि बिहीबार एकीकृत समाजवादीले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मतले चयन गरेको थियो ।

प्रतिक्रिया

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिबद्धता

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गर्ने अध्यक्ष नेपालको प्रतिब…

अब हुने सबै चुनावमा माओवादीले  एक्लै प्रतिस्पर्धा गर्ने  अध्यक्ष दाहालको उद्घोष

अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ:  महा मन्त्री थापा

विपदको जोखिमसँग सामना गर्नसक्ने संस्थागत क्षमता स्थापना गर्न आवश्यक छ: महा मन्त्…

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी गरेको इजरायली दाबी

लेवनानका चार अस्पतालको सेवा बन्द, हिजबुल्लाहले एम्बुलेन्समा हातहतियार ढुवानी …

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री गुरूङ

बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चार मन्त्री ग…

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

बाढी बाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन: राष्ट्रपति बाइडेन