कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र उपप्रमुख रिता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम शाह, कार्यपालिका सदस्य मनोजप्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिलाकुमारी चौधरी र सचिव योगेन्द्र साह छन् ।
कटहरिया नगरपालिका–२ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएको थियो । स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
![सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने](https://snowberry.prixacdn.net/media/gallery_folder/dirgha-1715842516_KEVcKDyDJI_alzxl4so4udmxjdyffcskakjujykzldbexxya5u2cl8wdc1mmhrbkdq2kn7b_cpkIGHWOgf_8najzjnxb5pqknqptny3eh17u26laadtfctu2jxq7biwtms2x0ixnusbxbsi.jpg)
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने
अझै ७ दिन छ, फाइल खोल्न कसले रोकेको छ ? ज्ञानेन्द्र शाही
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_c03LvWmpzm_qwkchcn2lwnbf389ujqjsqu3ol5gymeopwuiz4xxzxbckxatxkkj8xmx7ygv.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_4Lxyx2fkyC_aemoetnut6mthhedfvs3h9pf3zt8mmb6uyvu2im7imrfcqxsykfsurjxhbzw.jpg)
प्रतिक्रिया