मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_vmAC3ru5kr_uu5z9ocdls5pv9bvgc8bncsdht6aecwmw09myrdrxvkzlxyx3gni8jpstlhr_P55GEVKJft_yvbqivm35tse2rxt9pkraodwgwbayuq3x9ttqyqgodgr6lefrkne8xfov6aa_GbGSOfpXUx_9jz70m5georrbkr9y3hjixkefsrz42hb4ykg0kh4wmwznx56b8a1c6avutdk_uyRdIGtr3D_or3zfteofiu3ym739bzjcuism080tccm19txmmqwxbvrov2cbghvz5arxi7v.jpg)
रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले वितरण गरेको इमेलमार्फत ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।ढकालले ३८ जिल्लाको समीक्षा यात्रापछि तयार पारेको आफ्नो प्रतिवेदनमा ‘सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो’ भन्दै जनताले उठाएका १० प्रतिनिधिमूलक प्रश्न समेटेका छन् । सभापति नै गृहमन्त्री बनेर सरकारमा गएको विषयलाई जनताले नरुचाएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबबसेको ?’, सभापतिमाथि उठेको प्रश्न भन्दै पहिलो बुँदामा उनले उल्लेख गरेका छन् । यस्तै जीबी राईलाई समात्ने विषयमा रविले दिएको अभिव्यक्तिमा पनि प्रश्न उठाइएको छ । ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिँदैनथ्यो भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?’, जनताको प्रश्न स्मरण प्रतिवेदनमार्फत गराइएको छ ।
प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् ।
उनले सभापति रवि लामिछानेमाथि यसअघि कहिल्यै नउठेको प्रश्न पटक पटक उठेको भन्दै आलोचना गरेका छन् ।
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_DGiGgG4Kf2_2wcs6kjnpsyeera7opjjrvd8lidlovbjdbyjyywae8fsgnttc0vhwwq8alil.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_1AeSvWX7TF_hzy3l4u8db2vcu1kzeasxb1xpzw5sgctvjjv1alxplbp60ghnev1mbcimh3c.jpg)
सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने
![शेयर बजार २१ अंकले बढ्यो, ६ अर्ब २९ लाख रुपैयाँको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_CY23TIEB44_njkawq92q5vfru56whychref8jncnmxyglmctytcbbel7buiyyhjrjberiu2_KxVh5QKXUZ_pjiwf3pabhlzq5jct2sti4zfujytl1zc3akmqz3eip9emhfxuf2gy9lqxqla_WwYuEViWzG_c9sawf0cmzfcjmwbn9mprykr2juzlbkznmb2ylyzrbynptzlpwuzhszqzicg_MV78K11Jmx_on41k6bwiphweviseltvnbdg0sfk5yn7j1yquzfhjgwvpyetggdigtpjyyne_QzspRiIgsU_sfzfnlbfeqa8rucvwexaas4flakg894ilu0evqje5q6kh4tynwhz9etu49dv_HaGCQN8f9z_r8fcqttzfphdiowhcpymojqrmibraawlgnoqobgttd3mpjsanfb7bjwgdtea.jpg)
शेयर बजार २१ अंकले बढ्यो, ६ अर्ब २९ लाख रुपैयाँको कारोबार
![युट्युबे, अनलाइन बुद्धिविलास, विश्वविद्यालय र मरेको कृयटिभिटी !!](https://snowberry.prixacdn.net/media/gallery_folder/narayan%2520ghimire_VQnDwKewvz_qzfptqvwjzufv7sie3wnjkiw31ofsqwvo4fbpwiddeksqmakm9cev0xdtfv7_RndXwCENkR_qc2c8zhdmarg2vet4j41kukaf28monhwmfjdxmb5jdbyfxi38iyyjq0bycpk.jpg)
प्रतिक्रिया