दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images_ZvHKdq6qVd_c3uekcndb5iu4m7vex39wxweechlimhjcuranxa3x4x1rmtzzwy5shzcoqkt_T6Gmsp8e7Z_kfbclsrl8p32gwz4fbexta6bmqnqjzpb8tymrcrvo1il6noyzsduegfgjkpc.jpg)
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दीर्घकालीन असर गर्ने काम नगर्न ध्यानाकर्षण गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको हो । पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको जिकिर गरिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्ड समेतलाई राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सामेल हुन पनि आह्वान गरिएको छ । सत्तासमीकरणको प्रमुख दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले समेत राजीनामा दिएर बाहिरिएपछि सरकार स्पष्टतः अल्पमतमा परेको दाबी गरिएको छ । प्रधानमन्त्रीलाई पटक पटक मार्ग प्रशस्त गर्न आग्रह गरे पनि औपचारिक रूपमा समर्थन फिर्ता लिएको पत्र भने कुनै पनि दलले संसद्मा दर्ता गराएका छैनन् ।
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_o9OgB3Q5sv_2qgttqu65si5uwshhuthxom0lern4pczp8vunt2v8jh05byn6iackfpeelgy.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_NV4rAXHAct_4xtlsz9j90fsbzbrmne0n0zdh2ialfgnf59jvk6bi4v8xtwri3cmnunzzrcr.jpg)
सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने
![शेयर बजार २१ अंकले बढ्यो, ६ अर्ब २९ लाख रुपैयाँको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_CY23TIEB44_njkawq92q5vfru56whychref8jncnmxyglmctytcbbel7buiyyhjrjberiu2_KxVh5QKXUZ_pjiwf3pabhlzq5jct2sti4zfujytl1zc3akmqz3eip9emhfxuf2gy9lqxqla_WwYuEViWzG_c9sawf0cmzfcjmwbn9mprykr2juzlbkznmb2ylyzrbynptzlpwuzhszqzicg_MV78K11Jmx_on41k6bwiphweviseltvnbdg0sfk5yn7j1yquzfhjgwvpyetggdigtpjyyne_QzspRiIgsU_sfzfnlbfeqa8rucvwexaas4flakg894ilu0evqje5q6kh4tynwhz9etu49dv_ybB1OqMiRj_mg7uobtl8z8afzf48dnxtt8nnonbcgfkzhnp9yf5nqsgn2nug0u4c1iabrbp.jpg)
शेयर बजार २१ अंकले बढ्यो, ६ अर्ब २९ लाख रुपैयाँको कारोबार
![युट्युबे, अनलाइन बुद्धिविलास, विश्वविद्यालय र मरेको कृयटिभिटी !!](https://snowberry.prixacdn.net/media/gallery_folder/narayan%2520ghimire_VQnDwKewvz_qzfptqvwjzufv7sie3wnjkiw31ofsqwvo4fbpwiddeksqmakm9cev0xdtfv7_daZwvD54fL_dfspops9gwvhw8i56aq4p23q23csxmtrvtnxhxtnaovxoniqhoywwj0j1hkz.jpg)
प्रतिक्रिया