अख्तियार आयुक्तले गुठीको जग्गा मिचेर घर बनाएपछि ललितपुरमा चल्यो डोजर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lalitpur1-1720001346_tjitSjVbTy_swn7w3a7418cgqtfughvijysyiazertsm8vu8d91zhuchqqvehpitcfolror_BN1HRihMlp_vjwx8payfhzyprhuros4vmwir9gr03utktlrqqlqouswwge7bptkkz0d8koi.jpg)
गुठीको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा। सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ । ललितपुर १० चाकुपाटस्थित आयुक्त अमात्यले सम्पदाको जग्गा मिचेर बनाएको पाइएपछि महानगरले जग्गा खाली गराएको हो । गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अँटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।मेयर महर्जनले स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको तर नमानेपछि डोजर लगाएको जानकारी दिए ।
उनका अनुसार महर्जन र अमात्य गुठीका पदाधिकारी पटक पटक महानगरसँग अनुरोध गर्न आएका थिए । उनीहरु लगातार जग्गा खाली गराइदिन भन्दै अनुरोधमा आएपछि भत्काउनुपरेको उनले बताए ।
![सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने](https://snowberry.prixacdn.net/media/gallery_folder/dirgha-1715842516_KEVcKDyDJI_alzxl4so4udmxjdyffcskakjujykzldbexxya5u2cl8wdc1mmhrbkdq2kn7b_iDKK0hRAq9_efh5qcjbti88w4qe9gihcld1epzca5swlnxqomwsy8laa4zh0ydsircbelde.jpg)
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा नदिने
अझै ७ दिन छ, फाइल खोल्न कसले रोकेको छ ? ज्ञानेन्द्र शाही
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_FUA55AspVs_ef5pgafdlws7fthnicpct4jz7rdpnw3ozcjowxm3nwrx5dks4twme4yp6hn7.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_EAhEni3rno_urrlab3ksk9blrpbcuf61luwpfckkbbpcq1fgssrjgfewpcsakbobe6nyb9q.jpg)
प्रतिक्रिया