'रविको पार्टी होइन रास्वपा बनाउनुपर्ने’ लेखेपछि महामन्त्री ढकाललाई प्रस्ताव राख्नै दिइएन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले समीक्षा प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्न नपाएको बताएका छन्।
सचिवालयको मंगलबार बसेको बैठकमा महामन्त्री मुकुल ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो। तर, बुधबारको केन्द्रीय समिति बैठकमा भने लिखित प्रस्ताव राख्न अनुमति नदिइएको ढकालले बताए ।
प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरिएको ढकालले बताएका छन्।
“समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर, लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,” महामन्त्री ढकालले भने, “प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।”
महामन्त्री ढकालले आजको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेका थिए। तर सभापति लामिछानेले सुनुवाइ नगरेको भन्दै बैठकमा मुखमा टेप लगाएर प्रस्तुत भएका थिए।
अझै ७ दिन छ, फाइल खोल्न कसले रोकेको छ ? ज्ञानेन्द्र शाही
शुक्रबारदेखिको वर्षाले बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या १६ पुग्यो
बाढीपहिरो पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारलाई सांसदहरुको आग्रह
एकीकृत समाजवादीको ड्राफ्ट तयार पार्ने जिम्मेवारी प्रदेश इन्चार्ज र सचिवहरुलाइ
काठमाडौँमा श्री जगन्नाथ रथयात्रा शुरु
![लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_7hYyAe7fDC_zocfeb4fluvyykvzw0zgtvcvqjsz2zmpmzymimcfghruftmcwi3dgqcihpi5_DGiGgG4Kf2_2wcs6kjnpsyeera7opjjrvd8lidlovbjdbyjyywae8fsgnttc0vhwwq8alil.jpg)
लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
![सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/mahalekha-niyentrak-office_hxnJYUFx5F_b7bopovacpgnisol8aotx4u0bp99kuqd4tjdghpineewqydpzjaehba1vyxj_zPlUpXweGe_kafoskpmgqhmzkiflodqo3ywsktz2flm9b2rwnqtlwhdbjpgdi49sf8zrtkj_bel3VuJ5Ud_vucbvp5bvubkddrgainq1vg6yz1nqfrbylndl9f7hwdyjltsst3ji6rz8f2n.jpg)
सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने
![शेयर बजार २१ अंकले बढ्यो, ६ अर्ब २९ लाख रुपैयाँको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_CY23TIEB44_njkawq92q5vfru56whychref8jncnmxyglmctytcbbel7buiyyhjrjberiu2_KxVh5QKXUZ_pjiwf3pabhlzq5jct2sti4zfujytl1zc3akmqz3eip9emhfxuf2gy9lqxqla_WwYuEViWzG_c9sawf0cmzfcjmwbn9mprykr2juzlbkznmb2ylyzrbynptzlpwuzhszqzicg_MV78K11Jmx_on41k6bwiphweviseltvnbdg0sfk5yn7j1yquzfhjgwvpyetggdigtpjyyne_QzspRiIgsU_sfzfnlbfeqa8rucvwexaas4flakg894ilu0evqje5q6kh4tynwhz9etu49dv_wVB23O1xmy_aharye6up1hnirno05kils2y42g0b8p9ke7h30ukpkjwleqlt0hak2xojadf.jpg)
प्रतिक्रिया