गृहमन्त्री लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा
गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिट फेरि 'हेर्दाहेर्दै'मा परेको छ । यही असार ७ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको रिट मंगलबार पनि हेर्दाहेर्दैमा परेको हो ।
रिटकर्ता अधिवक्ता अनुपम भट्टराईका अनुसार मंगलबार भट्टराई र पीडित पक्षको जवाफी बहस सकिएको छ । अब केही जवाफी बहस मात्र बाँकी छ ।
सहकारी ठगीमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले कतै पनि उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो । कास्कीमा सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए ।
जेठ १ गते नै दायर भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । अधिवक्ता भट्टराईले दरपिठविरुद्ध दिएको निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरिदिएपछि जेठ १४ मा रिट दायर भएको थियो ।
कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
![मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_vmAC3ru5kr_uu5z9ocdls5pv9bvgc8bncsdht6aecwmw09myrdrxvkzlxyx3gni8jpstlhr_P55GEVKJft_yvbqivm35tse2rxt9pkraodwgwbayuq3x9ttqyqgodgr6lefrkne8xfov6aa_GbGSOfpXUx_9jz70m5georrbkr9y3hjixkefsrz42hb4ykg0kh4wmwznx56b8a1c6avutdk_Hqa4UL6bTk_3okx6tpli5ydc8cdclptrxnj4xurpvo0c6gnbcbb04myudbihin7mzs6cbok.jpg)
मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल स…
राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक
![नेप्से परिसूचक १५.४६ अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_pqdM3ecX1H_vsiwbsl6sfaifymxiv24nmweghjxek41hv0lq8hwnbap8gu1vbylbnmz6ght_k1tkWrLrri_jl7jnihovdugcc5mvk1kwnhrvws8bprhu8shdehdmizsxenn6swvt1m8zzpu_UO8kHN48XQ_xiifrfpykjxanetrtzxegjetewlscvyzfqphmxy4wao7dvmihdibqrbhucz7_Ki4uOs4g4O_ly8nqeesffuhprs24irmzmoiimpplddbh09ojod1tbj1wilfadc4us79fpq1_4ViuEW2OcX_9wxzhdyyeknnsfnjtb6vkskpdius76rczyb6ckbpwotioborepvcgu9qxxt8_exgSgTwce1_cvje6m7vycix1mvjm5xcmslcvjkdaqxwixgjbayvplkbf7o0topveketd8ru_Z3j1flD7Ob_f4kxos99zznww993byb3rwyjzm8tnpyaoixmugnwwnk8zggkgsyprm5s1wyz.jpg)
नेप्से परिसूचक १५.४६ अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिन्छ : घनश्याम भुसाल
छलफलका लागि सहकारी छानबिन समितिले बोलायो गृहसचिव र प्रहरी महानिरीक्षकलाई
![दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/images_ZvHKdq6qVd_c3uekcndb5iu4m7vex39wxweechlimhjcuranxa3x4x1rmtzzwy5shzcoqkt_wtiF9dWhpT_keoqm9foggsdncvu3cyf6n6uxldad14ggmqy5s6bzbysfeznho4s8fig2zxz.jpg)
प्रतिक्रिया