कांग्रेस र एमालेबीच संविधान संशोधनको सहमति हुनु स्वागतयोग्य: राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई सकारात्मक भनेको छ ।
दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे छलफल गर्न मंगलबार राप्रपाले पदाधिकारी बैठक बोलाएको थियो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य भएको बताए ।
उनले भने, ‘उहाँहरूले संविधान संशोधनको कुरा उठाउनुभएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं। राप्रपाले नै संविधानमा संशोधन र नयाँ सहमतिको विषय उठाएका थियौँ, त्यसलाई सकारात्मक रूपमा लिएका छौँ।’ परिस्थिति मूल्यांकन गरेर अन्य विषयमा निर्णय हुन्छ,”।
प्रतिक्रिया