धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbocha_XsDcim0t2V_euatqb4vwdtnqltqo0uhdmeiafcejebmv1loxikeuz0rqxcxwartdaab49bz_hfgzGZJagq_8q7tfiswaooo2p6jx46szem9hp0opes3t8chsjbrsnvj5x60gcrxagccidvo_fJhVJsiDi1_yu0bkubomnugbs9trhyzyzhdgejzui0mptft5nm6nzd37k5ofqunw4natrgd_G2vtitnJ2S_4stbdrkgwpbp6t1aqlaqoeefnhygiz6q3ajbzbyfngk0z237z71uzw1ekpj0_jLdyGvl8vA_hy4xdmitbvnyqbqjfr7r1rw7yiymghofuel4evlnlbpcoafhahbjjl2lrrt1_hPVlHlyS9C_fy7e1zzj2mtuoqzz5yihswfysjsqyt3nj8nxkpr2cdilu5no2hjfzqfxburq_AkaRlqql44_psmbxxcgzg4kxey6netd9jmwaw3zaf4epsrrqlezmmz42antbjhk71df11c3.jpg)
सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको हो ।
अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका पाँचमध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।
समितिको निर्णयविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले रिटमार्फत प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गरेका छन् । विपक्षीका नाममा कारण देखाउँ आदेशसमेत जारी गर्दै अन्तरिम आदेश प्रयोजनका लागि दुवै पक्षलाई छलफलमा बोलाउने पनि आदेश भएको छ । त्यतिन्जेलसम्मका लागि अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिसहितलाई विपक्षी बनाइएको छ । २०८० माघ ४ मा गठित सिफारिस समितिले अध्यक्ष पदमा आवेदन माग गरेपछि १९ जनाले दिएका थिए ।
समितिमा आवेदन परेकामध्ये पाँचजना सर्टलिस्टमा छानिएका थिए । कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएकामा सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठमात्र कार्ययोजना प्रस्तुतीकरणका लागि उपस्थित भएका थिए ।
अदालतले असार २१ गतेका लागि दुवै पक्षसँग छलफलका लागि बोलाएको छ ।
कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
![मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_vmAC3ru5kr_uu5z9ocdls5pv9bvgc8bncsdht6aecwmw09myrdrxvkzlxyx3gni8jpstlhr_P55GEVKJft_yvbqivm35tse2rxt9pkraodwgwbayuq3x9ttqyqgodgr6lefrkne8xfov6aa_GbGSOfpXUx_9jz70m5georrbkr9y3hjixkefsrz42hb4ykg0kh4wmwznx56b8a1c6avutdk_wudng3Y6aC_4kz8qav6fv4qxczw2ctucwdheidk76uwbvedkwa3txo4ssxgwpgchfwl40ax.jpg)
मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल स…
राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक
![नेप्से परिसूचक १५.४६ अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_pqdM3ecX1H_vsiwbsl6sfaifymxiv24nmweghjxek41hv0lq8hwnbap8gu1vbylbnmz6ght_k1tkWrLrri_jl7jnihovdugcc5mvk1kwnhrvws8bprhu8shdehdmizsxenn6swvt1m8zzpu_UO8kHN48XQ_xiifrfpykjxanetrtzxegjetewlscvyzfqphmxy4wao7dvmihdibqrbhucz7_Ki4uOs4g4O_ly8nqeesffuhprs24irmzmoiimpplddbh09ojod1tbj1wilfadc4us79fpq1_4ViuEW2OcX_9wxzhdyyeknnsfnjtb6vkskpdius76rczyb6ckbpwotioborepvcgu9qxxt8_exgSgTwce1_cvje6m7vycix1mvjm5xcmslcvjkdaqxwixgjbayvplkbf7o0topveketd8ru_Z3j1flD7Ob_f4kxos99zznww993byb3rwyjzm8tnpyaoixmugnwwnk8zggkgsyprm5s1wyz.jpg)
नेप्से परिसूचक १५.४६ अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिन्छ : घनश्याम भुसाल
छलफलका लागि सहकारी छानबिन समितिले बोलायो गृहसचिव र प्रहरी महानिरीक्षकलाई
![दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/images_ZvHKdq6qVd_c3uekcndb5iu4m7vex39wxweechlimhjcuranxa3x4x1rmtzzwy5shzcoqkt_ksIKtuc2j9_vime2z6w3hmep5qka7gkcxqxcnkn0jem3wrgccdrnpvloctvlmnxqbw7jvgr.jpg)
प्रतिक्रिया