रास्वपाबाट राजदूतका लागि ७ जना चयन, अन्तिम टुंगो लगाउने जिम्मा स्वर्णिम र शिशिरलाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुला आह्वानमार्फत् राजदूत बन्न सात जनाको नाम तय गरेको छ। रास्वपाले राजदूतहरुको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेको २४० जना मध्येबाट सात जनाको समावेशी सूची तयार पारिएको पार्टीले नाएको छ ।
यसबाट नेपाल र विदेशमा ख्याति कमाएका विभिन्न विधाका प्रतिष्ठित नाममाथि रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट सात जनाको समावेशी सूची पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको पार्टीले बताएको छ। अन्तिम सूचीमा रहेका व्यक्तिहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम पेश गर्न पार्टी सभापति लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएका छन्। यस समितिले संयुक्त राष्ट्र संघका लागि पूर्व स्थायी प्रतिनिधि (राजदूत) प्रा डा जयराज आचार्यसँग आवश्यक परामर्श गर्नेछ।
सत्ता गठबन्धनले रिक्त राजदूतहरूका लागि भागबन्डा गरेको थियो। केही दिनअघि नेकपा (एमाले) को कोटाबाट पाँच जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट दुई जना र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन्। रास्वपाले आफ्नो भागमा परेको दुई जना राजदूत छान्न सार्वजनिक आह्वान गरेर सुझाव मागेको हो।
कटहरिया नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
![मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न](https://snowberry.prixacdn.net/media/gallery_folder/mukul-dhakal_vmAC3ru5kr_uu5z9ocdls5pv9bvgc8bncsdht6aecwmw09myrdrxvkzlxyx3gni8jpstlhr_P55GEVKJft_yvbqivm35tse2rxt9pkraodwgwbayuq3x9ttqyqgodgr6lefrkne8xfov6aa_GbGSOfpXUx_9jz70m5georrbkr9y3hjixkefsrz42hb4ykg0kh4wmwznx56b8a1c6avutdk_Hqa4UL6bTk_3okx6tpli5ydc8cdclptrxnj4xurpvo0c6gnbcbb04myudbihin7mzs6cbok.jpg)
मुकुल ढकालको प्रतिवेदनमा सभापति लामिछानेमाथि प्रश्नैप्रश्न
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल स…
राष्ट्रिय जनगणना-२०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक
![नेप्से परिसूचक १५.४६ अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_pqdM3ecX1H_vsiwbsl6sfaifymxiv24nmweghjxek41hv0lq8hwnbap8gu1vbylbnmz6ght_k1tkWrLrri_jl7jnihovdugcc5mvk1kwnhrvws8bprhu8shdehdmizsxenn6swvt1m8zzpu_UO8kHN48XQ_xiifrfpykjxanetrtzxegjetewlscvyzfqphmxy4wao7dvmihdibqrbhucz7_Ki4uOs4g4O_ly8nqeesffuhprs24irmzmoiimpplddbh09ojod1tbj1wilfadc4us79fpq1_4ViuEW2OcX_9wxzhdyyeknnsfnjtb6vkskpdius76rczyb6ckbpwotioborepvcgu9qxxt8_exgSgTwce1_cvje6m7vycix1mvjm5xcmslcvjkdaqxwixgjbayvplkbf7o0topveketd8ru_Z3j1flD7Ob_f4kxos99zznww993byb3rwyjzm8tnpyaoixmugnwwnk8zggkgsyprm5s1wyz.jpg)
नेप्से परिसूचक १५.४६ अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार
प्रधानमन्त्री प्रचण्डलाई एकीकृत समाजवादीले विश्वासको मत दिन्छ : घनश्याम भुसाल
छलफलका लागि सहकारी छानबिन समितिले बोलायो गृहसचिव र प्रहरी महानिरीक्षकलाई
![दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/images_ZvHKdq6qVd_c3uekcndb5iu4m7vex39wxweechlimhjcuranxa3x4x1rmtzzwy5shzcoqkt_wtiF9dWhpT_keoqm9foggsdncvu3cyf6n6uxldad14ggmqy5s6bzbysfeznho4s8fig2zxz.jpg)
प्रतिक्रिया