समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने सहकारी संसदीय छानबिन समितिको निर्णय
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(7)_uVrWAN6VId_xmacbnceatcg8qlr5zoaxzkwaoy2hi0l09qzryldt3g7dq7fsmdrswrwfkqw_43mrRUbX91_3cgueqxpruusiwgihkj7ie4bmm3mapygmzugskp7hilhdjrjd7hnk5okmutg.jpg)
सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले कार्यादेशको अनुसूची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरण पठाउनका लागि पत्राचार गर्ने निर्णय गरेको हो । सहकारीको सबै विवरण आएपछि अध्ययन गर्ने र अनुसन्धान सुरु गर्ने समितिले जनाएको छ । त्यस्तै समितिले समस्याग्रस्त सहकारीको छानबिनका लागि यसअघि भएका अनुभवका बारेमा विभिन्न आयोग, समितिका संयोजकहरूसँग छलफल गरेको छ । समितिले २०४७ सालमा सहकारी सन्दर्भमा अन्तरिम सरकारले गठन गरेको कार्यदलका संयोजक राधाकृष्ण मैनाली, तत्कालीन समस्याग्रस्त सहकारी सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरिबहादुर कार्कीलगायतसँग यसअघिका अध्ययन अनुसन्धानका बारेमा छलफल गरेको हो । पुराना अनुभवका आधारमा समितिले वस्तुनिष्ठ अध्ययन गरी निचोडमा पुग्न मद्दत पुर्याउने समितिको तयारी छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।
गृहमन्त्री लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा
नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आ…
कांग्रेस र एमालेबीच संविधान संशोधनको सहमति हुनु स्वागतयोग्य: राप्रपा
सहकारी समस्या समाधान गर्न समितिले राष्ट्रिय दलहरूसँग सुझाव लिने
![दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_WB2afX9yCR_sltbccdeenogk0pinviy7zpjmxqqnshl8ctwzsfraaui9ill4rp0bdzl0oqi_tmu5TZbUJu_i2furvhn7v2nuzuikcqonlut4kvyw2dj3sgdu1xfzfuda1xwyqafjgx76fqq_ClfY3SuCrB_j3er5vwgrkzou5fjzgxzetx6m72dh4vwb8kcdevnbtvhy1oauktw3evyysck_wC5SHPhYBW_m7olalrghc9yix0ys4tkjpbxlzmao1vkbxcg8dkbdcfemmnhd7qetpy4umti_qK3g95SBEi_rrvqibcpgpoqk1bd0xbkt7npdgslbm1pfo9q9u2ghbrtd2jrl3erswgrey9x_B2QTAYLScm_znoaeqxb2zgwip1d3z6sqq2em7yioil2xwmzuggtf2sx8cx8ti1sz64dwkvm.jpg)
दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि
![गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/photo%2520exibition_G3qEVmyLXe_zc6frkliis93gz7msfzbyjklrdjmqewl1xybwtkukfm2escl9rhu4lcmo7qj_nMWQIWNqtb_xitb48kg4gxni7stssnavevxmpazylbxxs72db30rptrsfn4pkk8nezlbszk.jpg)
गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली
भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भो : गृहमन्त्री लामिछ…
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbocha_XsDcim0t2V_euatqb4vwdtnqltqo0uhdmeiafcejebmv1loxikeuz0rqxcxwartdaab49bz_hfgzGZJagq_8q7tfiswaooo2p6jx46szem9hp0opes3t8chsjbrsnvj5x60gcrxagccidvo_fJhVJsiDi1_yu0bkubomnugbs9trhyzyzhdgejzui0mptft5nm6nzd37k5ofqunw4natrgd_G2vtitnJ2S_4stbdrkgwpbp6t1aqlaqoeefnhygiz6q3ajbzbyfngk0z237z71uzw1ekpj0_jLdyGvl8vA_hy4xdmitbvnyqbqjfr7r1rw7yiymghofuel4evlnlbpcoafhahbjjl2lrrt1_hPVlHlyS9C_fy7e1zzj2mtuoqzz5yihswfysjsqyt3nj8nxkpr2cdilu5no2hjfzqfxburq_ZHrUQk1mQm_ddcor2wsz7nzdwytiqkrzovlnh2djj1a27pukyls6vnhawth6hdlngoh8xnp.jpg)
प्रतिक्रिया