असई थमन विक हत्यामा संलग्न फरार पूर्वसांसद यादव पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Kaushal-yadav_6Oe2VdzbnO_rzh8qacgilvflshihgx11h0ullyw3hdab4iixpjpaybblrvjyrtdsq3xtv8s_nlKUnstBdY_irv5pvdwjwfyzkdn9peaae4kovuo8smncxmi7mhzdv5pnhqzspfmkfrlfhwt.jpg)
सशस्त्र प्रहरी बलका असई थमन विक हत्यामा जन्मकैदको सजाय पाएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई आइतबार नै जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएको छ ।हाल लोसपाका नेता रहेका यादव २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेश सांसद बनेका थिए । सजाय सुनाइए पनि उनी लामो समयदेखि फरार सूचीमा थिए ।
यो प्रकरणमा अभियुक्त रहेका एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले भने सफाइ पाएका थिए ।
मधेस आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको थियो । उक्त मुद्दामा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मा र सांसद यादवसहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
गृहमन्त्री लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा
नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आ…
कांग्रेस र एमालेबीच संविधान संशोधनको सहमति हुनु स्वागतयोग्य: राप्रपा
सहकारी समस्या समाधान गर्न समितिले राष्ट्रिय दलहरूसँग सुझाव लिने
![दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_WB2afX9yCR_sltbccdeenogk0pinviy7zpjmxqqnshl8ctwzsfraaui9ill4rp0bdzl0oqi_tmu5TZbUJu_i2furvhn7v2nuzuikcqonlut4kvyw2dj3sgdu1xfzfuda1xwyqafjgx76fqq_ClfY3SuCrB_j3er5vwgrkzou5fjzgxzetx6m72dh4vwb8kcdevnbtvhy1oauktw3evyysck_wC5SHPhYBW_m7olalrghc9yix0ys4tkjpbxlzmao1vkbxcg8dkbdcfemmnhd7qetpy4umti_qK3g95SBEi_rrvqibcpgpoqk1bd0xbkt7npdgslbm1pfo9q9u2ghbrtd2jrl3erswgrey9x_xAeiUah6hw_zmk1mrzue2m8nzhg4oabjumwnzl9nj7lsgl6e3x84hwjg67xlu0fgqjye7kj.jpg)
दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि
![गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/photo%2520exibition_G3qEVmyLXe_zc6frkliis93gz7msfzbyjklrdjmqewl1xybwtkukfm2escl9rhu4lcmo7qj_f0DmrcXSlb_oksq1rw68tqb9j58oltwh9eqdl7jivlbvvadzf32milu2ga4ucvlmlstzk2h.jpg)
गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली
भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भो : गृहमन्त्री लामिछ…
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbocha_XsDcim0t2V_euatqb4vwdtnqltqo0uhdmeiafcejebmv1loxikeuz0rqxcxwartdaab49bz_hfgzGZJagq_8q7tfiswaooo2p6jx46szem9hp0opes3t8chsjbrsnvj5x60gcrxagccidvo_fJhVJsiDi1_yu0bkubomnugbs9trhyzyzhdgejzui0mptft5nm6nzd37k5ofqunw4natrgd_G2vtitnJ2S_4stbdrkgwpbp6t1aqlaqoeefnhygiz6q3ajbzbyfngk0z237z71uzw1ekpj0_jLdyGvl8vA_hy4xdmitbvnyqbqjfr7r1rw7yiymghofuel4evlnlbpcoafhahbjjl2lrrt1_hPVlHlyS9C_fy7e1zzj2mtuoqzz5yihswfysjsqyt3nj8nxkpr2cdilu5no2hjfzqfxburq_ZHrUQk1mQm_ddcor2wsz7nzdwytiqkrzovlnh2djj1a27pukyls6vnhawth6hdlngoh8xnp.jpg)
प्रतिक्रिया