बेलायतमा रहेको टाटा स्टीलको कारखाना बन्द हुँदा २८ सय कर्मचारीले जागिर गुम्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/images_vjfypfpNXU_4018foe5lcv1mddw1kw4szf7ttbj7dgwzoonkkgq7xjvpqhceo45zwpnwgnp_zEqX7s0yIb_yz17nzttkaf2dfowyzefci8dzd0bb6bd0b1jqcktnl2avyu2iyn0ptiadm36.jpg)
टाटाले युनाइटेड किंगडमको पोर्ट टाल्बोटमा रहेको स्टिल प्लान्ट चाँडै बन्द गर्ने तयारीमा रहेको छ । ट्रेड युनियन युनाइटको हडतालका कारण कम्पनीले जुलाई ७ सम्म पोर्ट टाल्बोट प्लान्टका अधिकांश भागमा सञ्चालन बन्द गर्ने कदम चालेको टाटा स्टिलका कर्मचारीले जनाएका छन् ।
कम्पनीले एउटा ब्लास्ट फर्नेस जुनको अन्त्यसम्म र अर्को सेप्टेम्बरसम्म बन्द गर्ने योजना बनाएको थियो । तर पोर्ट टाल्बोटका कामदारहरुको जुलाइ ८ गतेदेखि सुरु हुने हडतालका कारण कम्पनीसँग सुरक्षित र स्थिर रुपमा सञ्चालन गर्न पर्याप्त स्रोतसाधन उपलब्ध हुने कुरामा ढुक्क हुन नसक्ने बताएको छ ।
यसअघि पनि धम्की दिदै आएको टाटाले निर्धारित समयभन्दा तीन महिना अगाडि ब्लास्ट फर्नेस बन्द गर्ने यो नयाँ धम्कीले उनीहरूलाई कुनै फरक नपर्ने कर्मचारी युनाइट बताउँछन् । युनाइटका राष्ट्रिय प्रमुख ओनी कसाबले भने, “जब हामी २,८०० जागिर गुमाउँदैछौं, हामीसँग के विकल्प छरु हामीले टाटालाई आम निर्वाचनसम्म पर्खन भनेका छौं। नयाँ लेबर सरकार गठन नभएसम्म पर्खनुहोस् ।” वेल्श सरकारले दुबै ब्लास्ट फर्नेस बन्द गर्न समर्थन नगर्ने र नदिने बताएको छ ।
गत हप्ता युनाइटले कम्पनीले हजारौं रोजगारी कटौती गर्ने योजनाको बिरूद्ध जुलाई ८ मा लगभग १,५०० कामदारहरूले अनिश्चितकालीन हडताल सुरु गर्ने घोषणा गरेको थियो ।
सेप्टेम्बरको अन्त्यसम्ममा कम्पनीले पोर्ट टाल्बोटका दुवै ब्लास्ट फर्नेस बन्द गरेपछि करिब २,८०० टाटा स्टिलका कर्मचारीहरूले आफ्नो जागिर गुमाउनेछन् ।
गृहमन्त्री लामिछाने विरुद्धको रिट हेर्दाहेर्दैमा
नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आ…
कांग्रेस र एमालेबीच संविधान संशोधनको सहमति हुनु स्वागतयोग्य: राप्रपा
सहकारी समस्या समाधान गर्न समितिले राष्ट्रिय दलहरूसँग सुझाव लिने
![दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_wUDFo2hxj7_tbluhnsmolxgtgdn5yqzvrjz2bqcu0aaugk2ij4zybvvan00xb3y8iqdrdd9_9ofHzu8a5x_dtkbd9hrn7vu1ajgqtnsgxulpyvl8o0kf6rkjuxzpzyn1qal7kby7tyo4zci_WB2afX9yCR_sltbccdeenogk0pinviy7zpjmxqqnshl8ctwzsfraaui9ill4rp0bdzl0oqi_tmu5TZbUJu_i2furvhn7v2nuzuikcqonlut4kvyw2dj3sgdu1xfzfuda1xwyqafjgx76fqq_ClfY3SuCrB_j3er5vwgrkzou5fjzgxzetx6m72dh4vwb8kcdevnbtvhy1oauktw3evyysck_wC5SHPhYBW_m7olalrghc9yix0ys4tkjpbxlzmao1vkbxcg8dkbdcfemmnhd7qetpy4umti_qK3g95SBEi_rrvqibcpgpoqk1bd0xbkt7npdgslbm1pfo9q9u2ghbrtd2jrl3erswgrey9x_B2QTAYLScm_znoaeqxb2zgwip1d3z6sqq2em7yioil2xwmzuggtf2sx8cx8ti1sz64dwkvm.jpg)
दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि
![गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली](https://snowberry.prixacdn.net/media/gallery_folder/photo%2520exibition_G3qEVmyLXe_zc6frkliis93gz7msfzbyjklrdjmqewl1xybwtkukfm2escl9rhu4lcmo7qj_nMWQIWNqtb_xitb48kg4gxni7stssnavevxmpazylbxxs72db30rptrsfn4pkk8nezlbszk.jpg)
गिरिजाको स्मृतिमा आयोजित फोटो प्रदर्शनी पुगे प्रचण्ड र ओली
भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भो : गृहमन्त्री लामिछ…
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbocha_XsDcim0t2V_euatqb4vwdtnqltqo0uhdmeiafcejebmv1loxikeuz0rqxcxwartdaab49bz_hfgzGZJagq_8q7tfiswaooo2p6jx46szem9hp0opes3t8chsjbrsnvj5x60gcrxagccidvo_fJhVJsiDi1_yu0bkubomnugbs9trhyzyzhdgejzui0mptft5nm6nzd37k5ofqunw4natrgd_G2vtitnJ2S_4stbdrkgwpbp6t1aqlaqoeefnhygiz6q3ajbzbyfngk0z237z71uzw1ekpj0_jLdyGvl8vA_hy4xdmitbvnyqbqjfr7r1rw7yiymghofuel4evlnlbpcoafhahbjjl2lrrt1_hPVlHlyS9C_fy7e1zzj2mtuoqzz5yihswfysjsqyt3nj8nxkpr2cdilu5no2hjfzqfxburq_ZHrUQk1mQm_ddcor2wsz7nzdwytiqkrzovlnh2djj1a27pukyls6vnhawth6hdlngoh8xnp.jpg)
प्रतिक्रिया