सुन चाँदी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने गरी नीति नआएको व्यवसायीहरुको गुनासो
सुनचाँदी पर्याप्त आपूर्ति गर्न दिन माग
सुनचाँदी व्यवसायीहरुले सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन माग गरेका छन् । शुक्रबार काठमाडौँमा नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै व्यवसायीहरुले सुनचाँदी व्यवसायलाई आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले सुनचाँदी गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ सुनचाँदीलाई पर्याप्त रुपमा आपूर्तिको व्यवस्था गर्न माग गरे । उनले उत्पादन गर्ने क्षमता राख्ने व्यवसायीहरुलाई कोटाका आधारमा नभई चाहेजति सुन उपलव्ध हुनेगरी आपूर्ति खुला गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले बजेटमा सुन चाँदी व्यवसायीहरुलाई प्रोत्साहन गर्नेगरी नीति नआएको बताईन् । उनले सुनको भन्सार पाँच प्रतिशत वृद्धि गरेकोप्रति आपत्ति जनाउँदै युवामात्रै नभइ व्यवसायीहरु पनि पलायन हुने स्थिति आएको उल्लेख गरिन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले नेपाल सुनचाँदी व्यवसायी महासंघले पाउनुपर्ने जति गरिमा र ओज नपाएको गुनासो गरे । उनले सुनचाँदी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोणमै खोट रहेको समेत बताए ।
सुनचाँदी व्यवसायीहरुले काँचो सुनको आायतमा २० प्रतिशत भन्सार लाग्ने तर तयारी गरगहना आयात गर्दा ९.५ प्रतिशत मात्रै भन्सार लाग्ने नीतिले नेपाली मौलिक गरगहना उत्पादनलाई बिस्थापित गरेको समेत बताए ।
प्रधानमन्त्रीलाई माधवको सुझाव: हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फे…
![एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने](https://snowberry.prixacdn.net/media/gallery_folder/collage%2520(1)_LDU5x0jKLU_drlikutv7vqegwrvrdeguecofxbtmf7vgyutukygfkew6e8bvaftehk8b2xn_090749NSys_sovdgjeqvlc0k5f3myv5tbkj8lmp1a8kjsw0tgi2lghd24jsxeq5yfvabh76.jpg)
एकीकृत समाजवादीको महाधिवेशन उदघाटन समारोहमा शिर्ष नेताहरुले के भने
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचनलाई ७ दिन थुनामा राख्न अनुमति
एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको असन्तुष्टि
आर्थिक विधेयक २०८१ बहुमतले पारित
![सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_33es85kItE_irowzz6w8w9emdfx3d8hfuskdiuci4ltxmsdbbhlork8tes8zap0ccbbio7a_9lkXpAUSLW_0jiapyfsvt6jhia82yzhmkvooe3fmaxldbwjkaitlpbz4mfkmh5dr2lc5poe_ImR6FhRG3U_vkf0yfqpe17itzxn9245kgauejnctvxcfhy5ny3opi9t4l8gscfv1ja68a1x_83AM7ZoK9a_c8fqekctpg5ovise8qeb31r16zt2gnywlbh06hdycupyieiakszruxp1oh9c_4Ro2oigDCO_wqd1ys21pdio0iaimfxvd4bfp1fqcwikj9ouhoiogvkzjhif8dk7e31jgf8u_muWCV6Sk5X_gmofjwfjj3j6g0kgklvrgcnh5osgjor3ruffddu755kp8i8ft0iezk5m28ct_KSlxB4bFiq_d8rfp4uesr5zlk8mcqzxmlewvxfgogu3maqupl6tefnkasy5mzxsueugeepb_rcaIBdhkIX_uxxbthnvpzd1ce57orqhommllux9n2buhplmsecd6pmnjizyn9vl7vv3tzml_iq4IjSB75N_ti8jczll0mymavtry9gpjui7j300htflcs9hxillr2s4p4ht3uexu1eqkkzy.jpg)
सेयरबजार परिसूचनक नेप्सेमा दोहोरो अंकले गिरावट
खाल्डो खनेर छाडेपछि मोरङको दलेली राजगञ्ज सडक अबरुद्ध
![समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने सहकारी संसदीय छानबिन समितिको निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/images%2520(7)_uVrWAN6VId_xmacbnceatcg8qlr5zoaxzkwaoy2hi0l09qzryldt3g7dq7fsmdrswrwfkqw_Xs7XxrX6dn_otl5bewgkptfsnspwlc5hkybyi5jmyj18vgqpy4pjrd10flq3hs68ydahtr0.jpg)
प्रतिक्रिया