एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल भएको हो कि सरकार ? प्रदीप पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार असफल भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले सरकारको असफलताका कारण विद्यार्थीलाई अयोग्य ठहर्याइएको बताएका छन्। उनले शिक्षाको गुणस्तर बढाएर बढी भन्दा बढी विद्यार्थी पास गर्न सरकार नलागेको बताए
उनले भने– ‘पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरु गरियो । केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन । यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो । यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन् । ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो ?’
पौडेलले २ लाख ४२ हजार ३१३ जना मानिसलाई सरकारले तिमी अयोग्य हौ, पढेर खान सक्दैनौँ र उच्च शिक्षा पढ्ने तिम्रो हैसियत छैन भनेर घोषणा गरेको बताए। सरकालाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको पौडेलको भनाइ छ ।
प्रतिक्रिया