बढ्यो सेयर बजार, नेप्सेमा ५.६० अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अंकले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो । बजार बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ९४ लाख ३५ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै १४ करोड ८३ लाख आठ हजार १६ बराबरको दुई लाख २४ हजार नौ सय ९२ कित्ता कारोबार भएको छ ।आज ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४–८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया