जादुगर हो भने जस्तो गरी उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

उनले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छोडिदिन आग्रह गरे ।

महामन्त्री थापाले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तीमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरूलाई आग्रह गरे । उनले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र योबिचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।  

हामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तीमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने बताए । 

प्रतिक्रिया