मोरङमा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु

मोरङको सुन्दरहैचा नगरपालिकामा आज बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो । बाढीले बगाउदा बेपत्ता २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा फेला परेको छ । माछा मार्ने क्रममा सुन्दरहरैचा– ५ की २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । बाढीले बगाएर ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीय फुला चौधरी बेपत्ता भएका छन । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया