देशभर मनसुन फैलिएसँगै किसानलाइ धान रोप्ने चटारो
मनसुन देशभर फैलिएसँगै किसान वर्गमा धान रोप्ने चटारो सुरु भएको छ । कतिपय भेगमा असारे धान रोप्ने बेलासम्म पनि वर्षा नहुँदा किसान आक्रान्त बनेका थिए । खेतमा पानी नहुँदा धानको ब्याड जोगाउन र हुर्काउन किसानलाई हम्मे हम्मे परेको थियो । पूर्व, मध्य र गण्डकीसम्म भने थोरै थोरै भए पनि वर्षा भएकाले धानको बिउ हुर्किएको थियोरु। अघिल्लो साता बढी वर्षा पूर्व, मध्य र गण्डकीमा भएकाले सो क्षेत्रमा रोपाइ धमाधम भैरहेको छ । मध्य र सुदुरपश्चिममा सिचाइ हुने क्षेत्रका किसानले रोपाइ गरिरहेका छन भने बिउ नै ढिला राखेकाले साउनसम्म धान रोप्ने तयारी गरेका छन । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको छ । अब छिट्टै वर्षा हुने भएकाले धान रोपाइँ गर्ने किसानमा खुसी छाएको छ । मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन भने अझै समय लाग्ने बताइएको छ ।।
प्रतिक्रिया