सुपा देउराली पुग्न नयाँ प्रविधिवाट ड्रिल गरि बाटो बिस्तार गरिदै
सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाइ लक्षित गरी नयाँ प्रविधिबाट सडक बिस्तारको कार्य भैरहेको छ । कडा चट्टान भएपछि यसको नयाँ प्रविधि प्रयोग गरेर ड्रिल गरेर बाटो बिस्तारको कार्य भैरहेको हो । जिल्ला सदरमुकाम जोड्ने जिल्लाको पुरानो र महत्वपूर्ण गोरुसिङे सन्धिखर्क सडकको लाउरे बजार देखि सुपा मन्दिर सम्म करिब दुई सय मिटर कडा चट्टान र भिरालोका कारण साघुरो भइ यातायात आवागमनमा निकै कठिनाइ व्योहोर्नु परेको अवस्था रहेको छ । सडक डिभिजन कपिलवस्तले यही आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ रक एन्चोर्ज सहित वाल निर्माणको काम गरिरहेको हो । पूर्व पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक विस्तार तथा मर्मत भैरहेको हो । साघुँरो सडक, खाल्टा खुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिंगे सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने गरी काम अगाडि बढेको हो । गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलोमिटर छ । गोरुसिंगेबाट पिरापानीसम्म झण्डै १५ किलोमिटर सडक विस्तार तथा मर्मतको कार्य सम्पन्न भएको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा झण्डै १७ किलोमिटर सडकमा नयाँ पिच भएको छ । ७ मिटर सडक निर्माण गरी दुइतर्फी सवारी साधनहरू विना रोकतोक सञ्चालन हुने गरी सडक निर्माण भैरहेको छ । यस वर्ष झण्डै ३३ करोड बजेट सडकका लागि बिनियोजन भएको छ ।।
![एसइईमा अनुत्तीर्ण विद्यार्थीले पनि पूरक परीक्षामा सहभागी हुन पाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/images_NUIkIBG5Jq_8yfzfg9x1ywzum2gwrchfzobryiehwnkxyyuqvhq7ng5m4rc6xfo2pqbidlr_9GNCpfrgxx_byblpjiqwejxzkrbyetbgfqv3w2briofraukhc27ryisv8pohnqzt3rzjhqj.jpg)
प्रतिक्रिया