मुद्रास्फिती उच्च हुँदा मौद्रिक नीति कसिलो आउनु स्वभाविक: गभर्नर

आगामी नीतिमा उद्योगी व्यवसायीका सुझाव सम्बोधन गर्ने प्रतिवद्धता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रबैंकको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुका सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन । आज नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्र्तक्रियामा उनले मौद्रिक नीतिका आफ्नै सीमाहरु रहेको भन्दै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरुको माग सम्बोधन गरिने बताएका हुन । गर्भनर अधिकारीले मुलुकको मुद्रास्फिती सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फिती उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक हुने पनि स्पष्ट पारे । 
गर्भनर अधिकारीले धेरै सुझावहरु आएपनि मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै हात फैलाएर हाँगा हाल्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे । ऋण लिन जाँदा कुनैपनि बैंकका कर्मचारीहरुले कमिसन मागेको थाहा पाइए तत्काल कारवाही गर्ने पनि उनले बताए । अर्थ सचिव मधुकुमार मरासिनीले बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज बनाउने बताए । 
सचिव मरासिनीले मन्त्रालयले बैंकमा भएको ६ सय अर्ब लगानीयोग्य रकमलाई नीतिगत रुपमा सहजिकरण गरी बजारमा जाने वातावरण बनाउने उल्लेख गरे । राजश्वमा दबाब परेको कारणले अर्थतन्त्रमा चुनौती रहेको उनको भनाइ थियो । बजेट जति छरपस्ट भएपनि अन्तिममा खर्च नहुने अवस्था रहेको भन्दै खर्च नभएको रकमलाई ल्याएर सिर्जित र अनिवार्य दायित्व राष्ट्रिय गौरव आयोजनाहरुमा दिने सचिव मरासिनीले बताए ।
 

प्रतिक्रिया