विकिलिक्सका संस्थापक असान्ज पाँचबर्षपछि  जेलमुक्त, गल्ती स्वीकार गरेर जेल बस्नुनपर्ने सहमति

विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट १ हजार ९ सय १ दिनपछि रिहा भएका छन् । अमेरिकी सेनाका गोप्य दस्ताबेज सार्वजनिक गरेपछि पक्राउ परेका उनी बेलायतको जेलवाट रिहा भएका हुन । बेलायतको लण्डनस्थित अदालतबाट उनी जमानतमा रिहा भएका हुन् । असान्ज  जेलमुक्त भएपछि आज विहान आफ्नो देश प्रस्थान गरेका छन । अमेरिकाका गोप्य दस्तावेज लिक गरेको आरोपमा आफू दोषी भएको स्वीकार गरेपछि असान्ज सोमबार राति रिहा भएका हुन् । उनले गल्ती स्वीकार्ने र अमेरिकाको जेलमा बस्न नपर्ने सहमति अमेरिकी न्याय विभागसँग गरेका छन । अष्ट्रेलियाई मूलका असान्जले सन् २०१० मा विकिलिक्स अनलाइनमा अमेरिकी सेनाका गोप्य दस्ताबेजहरु सार्वजनिक गरेर विश्वभर सनसनी मचाएका थिए । इराक र अफगानिस्तान युद्धको बारेमा अमेरिकी सैन्य रहस्य उजागर गरेपछि उनको चर्चा चुलिएको थियो । यसलाई अमेरिकी सेनाको इतिहासमै सबैभन्दा ठूलो सुरक्षा कमजोरी भनिएको छ ।  असुरक्षा महसुस भएपछि उनी सात वर्षसम्म लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसेको अवस्थामा पक्राउ परेका थिए । उनलाई सन् २०१९ मा लण्डनको उच्च सुरक्षायुक्त बेलमार्शको हिरासतमा राखिएको थियो ।।

प्रतिक्रिया