बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन ‘लिटिल बुद्ध’ दोषी ठहर

 रामबहादुर बम्जन ‘लिटिल बुद्ध’  बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन्। सर्लाही जिल्ला अदालतले  सोमबार बम्जनलाई दोषी ठहर गरेको हो।जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको छ ।

आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन्। उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो। करणीपछि बम्जनले पीडितलाई डर, धाक, धम्की देखाउने गरेका थिए।

उजुरीपछि उनी गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका( ६ स्थित निवासबाट पक्राउ परेका थिए।

प्रतिक्रिया