सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको महिलामन्त्री चौधरीको दाबी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सबै क्षेत्रलाई समेटने गरी मन्त्रालयले बजेट ल्याएको दाबी गरेकी छिन । उनले राज्यको अनिवार्य दायित्व भित्र पर्ने संवेदनशील मानिने बाल सुधार गृहको स्थापना, सञ्चालन,महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार, पीडित र प्रभावितको लागि सेवा केन्द्र स्थापना लगायतका क्षेत्रमा पनि उचित बजेट विनियोजन गरेको बताएकी हुन । मन्त्री चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम आगामी आर्थिक वर्षमा अपेक्षाकृत बजेट विनियोजन प्रश्ताव नभएपनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने आशा राखेको बताइन ।  
मन्त्री चौधरीले महिला सशक्तिकरण एवं अपांगता भउका व्यक्तिहरुका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन भएको दाबी गरिन । राष्ट्रपति महिला उत्थान कार्यक्रम परियोजनाअन्तर्गत दुर्गम क्षेत्र, गर्भवती तथा सुत्केरी महिला हवाई उद्धार गर्ने कार्यक्रमले सकारात्मक परिणाम दिएको उनको भनाइ थियो । 

प्रतिक्रिया