देश सरकारले चलाएको छ कि अन्त कतैबाट ? प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूले आफूले भनेको नमानेको कुरा बताएको भन्दै प्रधानमन्त्रीय पद्धतिमा यो  लज्जास्पद कुरा भएको उनले बताए ।  ‘प्रधानमन्त्रीज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ?,’ उनको प्रश्न छ । 

सांसद पौडेलले सरकार अराजकतातिर गइरहेको बताए । पौडेलले संसदमा सरकारमा रहेकाहरूबाट अराजक र लज्जास्पद अभिव्यक्ति आएको बताउँदै सरकारले संसदलाई हेपेको बताएका हुन्।  गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसदभित्र रहेको अभिव्यक्ति दिनुभयो। हिजो रक्षामन्त्रीले पदीय मर्यादाविपरीत छ। प्रधानमन्त्री मेरो निर्देशन मन्त्रीहरूले माननेन् भन्नुहुन्छ। प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाको कुरा के हुन्छ,' उनले भने। 

प्रतिक्रिया